‘द मिस ग्लोब’ डायनाको नेपाल यात्रा

टुरिजमफेस
काठमाडौं ।
‘द मिस ग्लोब २०२४’ की विजेता डायना मोरेनो नेपाल आएकी छन् । नेपाल यात्रामा उनी विभिन्न कार्यक्रमा सहभागी हुँदैछिन् । नेपाल बसाइँको क्रममा उनी काठमाडौंका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू घुम्ने कार्यक्रम छ । उपत्यकाका विश्वसम्पदा सूचिमा परेका क्षेत्रमा उनको फोटोसुट पनि हुने जनाइएको छ ।
नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा पनि उनको भेटघाट कार्यक्रम राखिएको छ । सन् २०२४ मा अल्बानियामा भएको फिनालेमा कोलम्बियाकी डायनाले ताज पहिरिएकी थिइन् । नेपालबाट मिस ग्लोब नेपाल मोनिका अधिकारीले प्रतिनिधित्व जनाएकी थिइन् ।