महाशिवरात्रिमा चन्द्रागिरि केवलकारले दियो ५० प्रतिशत छुट

टुरिजमफेस
काठमाडौं । महाशिवरात्रिको अवसरमा चन्द्रागिरि केबलकारले सबैलाई केवलकारमा छुट दिने भएको छ । महाशिवरात्रिको दिन बुधवार अपरान्ह ४ बजेपछि केबलकारमा ५० प्रतिशत छुट हुने चन्द्रागिरि हिल्सले जनाएको छ ।
सोही दिन साँझ ५ बजे महाआरती हुने र केबलकार राति ९ बजेसम्म चल्ने चन्द्रागिरि हिल्सले जनाएको छ ।