साढे एक महिनामा महाकुम्भ पुगेर ६६ करोड बढीले गरे स्नान

टुरिजमफेस
काठमाडौं । साढे एक महिनाअघि सुरु भएको भारतको उत्तरप्रदेशस्थित प्रयागराजको महाकुम्भ मेला फागुन १४ गते सकिएको छ । मेलामा ६६ करोडभन्दा बढी व्यक्तिले गंगा नदीमा स्नान गरेको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले एक्समार्फत् जानकारी दिएका छन् ।
महाशिवरात्रिको दिनदेखि महाकुम्भ औपचारिक रूपमा समापन भएको घोषणा गरिएको छ । महाकुम्भ मेला गत पुस २९ (१३ जनवरी)देखि सुरु भएको थियो ।