रुस–युक्रेन युद्ध अन्त्य गर्नेबारे ट्रम्प र जेलेन्स्कीबीच भनाभन, बैठक छाडेर हिँडे जेलेन्स्की

टुरिजमफेस
काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भनाभन भएको छ ।
ट्रम्पको निमन्त्रणामा ह्वाइटहाउस पुगेका जेलेन्स्कीबीच विवाद भएको हो । भनाभनपछि जेलेन्स्की बैठक छोडेर हिँडेका थिए र उनले ट्रम्पसँग जे भयो त्यो ठीक नभएको प्रतिक्रिया दिएका छन् ।
यो वार्ताको मुख्य उद्देश्य रुस र युक्रेन युद्धको अन्त्य तथा अमेरिकीसँग खनिज सम्झौतामा हस्ताक्षर गर्नु थियो । तर, वार्ता एकाएक असामान्य र तनावपूर्ण बन्यो ।
ट्रम्पले चर्को आलोचना गरेपछि जेलेन्स्की पनि प्रतिवादमा उत्रिएका थिए । वार्तामा कुनै खनिज सम्झौतामा हस्ताक्षर भएन । जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्नसमेत भनियो र उनी निस्किए ।
ट्रम्पले वार्तापछि जेलेन्स्की शान्ति चाहन्छन् भन्ने आफूलाई नलागेको बताए । यो घटनापछि रुस–युक्रेन युद्ध तथा युक्रेन र अमेरिकाबीचको भविष्यको सम्बन्धलाई लिएर अनिश्चितता फैलिएको छ । एजेन्सीको सहयोगमा