पर्यटन मन्त्रालयले सोध्यो लिस्बनस्थित पर्यटन प्रवर्द्धकलाई स्पष्टीकरण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा ऐक्यबद्धता जनाएको भन्दै पोर्चुगलको लिस्बनस्थित पर्यटक प्रवर्द्धक रमेशराज बास्तोलालाई स्पष्टीकरण सोधेको छ ।
बास्तोलाले पर्यटन प्रवर्द्धक कार्यालयको लेटरप्याटमै पूर्वराजा शाहकमो पक्षमा ऐक्यबद्धता जनाएका थिए ।
‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारबाट ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा, मिति २०८१ फाल्गुण ७ गते, राष्ट्रको रक्षा, राष्ट्रिय एकता कायम राखी, देशको समृद्धि, उन्नति, प्रगति तथा कला-संस्कृति र नेपालीहरूको गौरवको लागि राष्ट्र र राष्ट्रवासीको नाममा व्यक्त गरिएको शुभकामना सन्देश तथा राष्ट्र जोगाउन गरिएको आग्रहलाई हार्दिक स्वागत गर्दछु,’ उनले भनेका थिए ।
बास्तोलाले सरकारको लेटरप्याड दुरुपयोग गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो ।