बालेन भन्छन्– जेन–जीको प्रदर्शनमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला

टुरिजमफेस
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जाल बन्दविरुद्ध जेन–जीको प्रदर्शनमा समर्थन जनाएका छन् । सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेन–जीले सोमवार माइतीघरमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका छन् । बालेनले उनीहरूको कुरा बुझ्न आवश्यक रहेको भन्दै सामजिक सञ्जालमार्फत आफ्नो समर्थन रहेको बताएका छन् ।
बालेनले लेखेका छन्, ‘मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । यो स्वतफूर्त प्रदर्शनीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’ प्रदर्शनीमा जेन–जी पुस्ता अर्थात २८ वर्षमुनिका युवाले सहभागी जनाउने तयारी गरेका छन् । प्रर्दशनी चुनौतीपूर्ण हुने देखिएको एक प्रहरी अधिकृतले टुरिजमफेसलाई बताए ।