जेनजी प्रदर्शन हिंस्रक बनेपछि बानेश्वर क्षेत्रमा कर्फ्यू

टुरिजमफेस
काठमाडौं । जेनजी पुस्ताले सरकारविरुद्ध सुरु गरेको पहिलो दिनको आन्दोलन हिंस्रक बनेपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कफ्र्यू जारी गरेको सूचनामार्फत जनाएको छ । माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरस्थित संसद् भवनतिर जाँदै गर्दा प्रहरीसँग झडप भएको थियो ।
प्रहरीले जेनजीलाई नियन्त्रणमा लिन पानीको फोहरा, अश्रुग्यास तथा रवरका गोली प्रहार गरेको थियो । तर यति गर्दा पनि प्रदर्शन नियनत्रणमा आउन सकेन । जेनजी संसद् भवनभित्र छिरेका थिए । यद्यपि जेनजीले शान्तिपूर्वक प्रदर्शन गर्ने भनेका छन् ।