जेनजीमाथि सरकारको निर्मम दमनः अन्तर्राष्ट्रिय समुदाय

टुरिजमफेस
काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय समुदायले जेनजी प्रदर्शनमा सरकारले चरम दमन गरेको जनाएका छन् । संयुक्त राष्ट्रसंघीय मानव अधिकारी उच्च आयुक्तको कार्यालय, युनिसेफ, एमनेस्टीइन्टरनेसनल, संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयलगायतले वक्तव्य जारी गर्दै सुरक्षाफौजले गैरकानूनी रूपमा बल प्रयोग गरी शान्तिपूर्ण आन्दोलन गरिहेका युवा र बालबालिकाको हत्या गरेको प्रष्ट पारेका छन् ।
जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चआयुक्तको कार्यालयले शान्तिपूर्ण प्रदर्शन गरिरहेकालाई प्रदर्शनकारीहरूको राज्यले हत्या गरेको ठहर गरेको छ । उच्च आयुक्तको कार्यालयकी प्रवक्ता रविनाशाम्दा सानीले जेनजी आन्दोलनमाथि प्रहरी प्रशासनले गरेको हिंसा गरेको बताएकी छन् ।
‘हामी प्रदर्शनकारीहरूको हत्या भएको तथा घाइते भएको घटनाबाट स्तब्ध भएका छौँ र छिटो तथा पारदर्शी छानबिनको माग गर्दछौँ,’ उनले भनेकी छन् । प्रदर्शनमा सुरक्षा निकायले अनावश्यक वा अत्यधिक बल प्रयोग गरेको उच्च आयुक्तको कार्यालयले प्राप्त गरेको उनले बताइन् ।
युनिसेफले बालबालिकाहरूमाथि बलप्रयोग स्वीकार्य नभएको उल्लेख गरेको छ । त्यस्तै, मानवअधिकारीवादी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरन्यासनलले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी नेतृत्वमा भएको प्रदर्शनमाभएको दमनका क्रममा प्रहरीले घातक बल प्रयोग गरेकोमा आपत्ति जनाएको छ ।
‘धेरै प्रदर्शनकारीहरूको मृत्यु र गम्भीर चोटपटक लाग्ने गरी प्रहरीद्वारा घातक बलको गैरकानूनी प्रयोगको एम्नेस्टी इन्टरनेसनलले भनेको छ । त्यस्तै संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयले नागरिकले प्रजातान्त्रिक अधिकारको अभ्यास गर्ने कुरालाई सुनिश्चित गर्न आग्रह गरेको छ ।