रोकिएनन् युवा, कर्फ्यूको अवज्ञा

टुरिजमफेस
काठमाडौं । जेनजीको शान्तिपूर्ण प्रदर्शनमा अत्यधिक दमन गरेको सरकारको प्रतिवादमा युवाहरू उत्रिएका छन् । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका जिल्लामा बिहानैदेखि निषेधाज्ञा जारी गरिएपनि त्यसको पालना गरिएको छैन ।
नयाँबानेश्वरस्थित संसद् भवन अगाडि युवाहरू भेला भएर प्रदर्शनमा उत्रिएका छन् । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीमाथि बर्बर दमन गरिँदा १९ जनाको ज्यान गएको छ भने चार सय बढी घाइते भएका छन् । जसको चौतर्फी विरोध भइरहेको छ । सत्ताको नेतृत्व गर्ने तथा गोली बर्साउन आदेश दिनेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने युवाको माग छ ।