जेनजीको निशानामा राजनीतिक दलका नेताहरू

टुरिजमफेस
काठमाडौं । भ्रष्टाचार विरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीहरूको दोस्रो दिनको आन्दोलन राजनीतिक दलका नेता केन्द्रित रहेको छ । कतिपय जेनजीहरूले बानेश्वरस्थित संसद् भवनमा प्रदर्शन गरिरहँदा विभिन्न स्थानमा रहेका जेनजीहरूले नेता र तिनका घरलाई निशाना बनाइरहेका छन् । यो समाचार तयार पार्दासम्म कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, सञ्चारमन्त्री पृथ्वी सुब्बाको घरमा आक्रमणको प्रयास भएको छ ।
यही बेला कतिपय युवाले भ्रष्टाचार गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् । भ्रष्टाचारको विरोध गर्दै प्रदर्शनमा निस्किएका जेनजीलाई पहिलो दिन नै सरकारले चरम दमन गर्दा १९ युवाको ज्यान गएको थियो भने ४ सय बढी घाइते भएका थिए ।
सरकारका मन्त्रीहरूले युवामाथि दमन गर्न दिएको निर्देशनलाई प्रहरीले पालना गरेका कारण प्रहरी, प्रशासनको समेत चर्को आलोचना भइरहेको छ । प्रहरीले कुनै विवेक प्रयोग नगरी बहुलष्ठी पाराले युुवामाथि गोली बसार्एको थियो । युवाहरूले भ्रष्ट नेताहरूको चाकडी गरेर प्रहरीले चरम गल्ती गरेको र यस्तो प्रहरीले जनताको पक्षमा काम गर्न नसक्ने भन्दै आलोचना गरिरहेका छन् ।