नेताहरूलाई सुरक्षा प्रदान गर्न सकस

प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा जेनजीले लगाएको आगो ।
टुरिजमफेस
काठमाडौं । भ्रष्टाचार विरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीहरूको दोस्रो दिनको आन्दोलनमा राजनीतिक दलका नेताहरूलाई बचाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । जेनजीहरूले नेताका घर छानीछानी आक्रमण गरेसँगै उनीहरूलाई पनि आक्रमणको निशाना बनाएपछि नेताहरूको सुरक्षाका लागि सेना परिचालन भएको छ ।
ठाउँ ठाउँमा सेनाका हेलिकोप्टर उडाएर नेतालाई सुरक्षित स्थानमा लैजाने प्रयास भइरहेको छ । यहीबिचमा कतिपय नेताहरू भागेको बताइएको छ । कतिपय जेनजीहरूले बानेश्वरस्थित संसद् भवनमा प्रदर्शन गरिरहँदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, सञ्चारमन्त्री पृथ्वी सुब्बा, गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्कालगायतकाको घरमा आक्रमण गभएको छ ।
यही बेला कतिपय युवाले भ्रष्टाचार गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् । भ्रष्टाचारको विरोध गर्दै प्रदर्शनमा निस्किएका जेनजीलाई पहिलो दिन नै सरकारले चरम दमन गर्दा १९ युवाको ज्यान गएको थियो भने ४ सय बढी घाइते भएका थिए । सरकारका मन्त्रीहरूले युवामाथि दमन गर्न दिएको निर्देशनलाई प्रहरीले पालना गरेका कारण प्रहरी, प्रशासनको समेत चर्को आलोचना भइरहेको छ ।
प्रहरीले कुनै विवेक प्रयोग नगरी बहुलष्ठी पाराले युुवामाथि गोली बसार्एको थियो । युवाहरूले भ्रष्ट नेताहरूको चाकडी गरेर प्रहरीले चरम गल्ती गरेको र यस्तो प्रहरीले जनताको पक्षमा काम गर्न नसक्ने भन्दै आलोचना गरिरहेका छन् । प्रहरीले प्रदर्शनकारीमाथि गोली प्रहार जारी राखेका छन् । सेना परिचालन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा जेनजीले लगाएको आगो ।