प्रधानमन्त्री ओलीद्वारा राजीनामा

टुरिजमफेस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । भ्रष्टाचार विरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीहरूको दोस्रो दिनको आन्दोलनमा राजनीतिक दलका नेताहरूलाई बचाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेपछि बाध्य भएर मंगलवार दिउँसो राजीनामा दिएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयले ओलीले राजीनामा दिएको जनाएको छ । जेनजीहरूले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, सञ्चारमन्त्री पृथ्वी सुब्बा, गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्कालगायतकाको घरमा आक्रमण गरेका छन् ।
प्रदर्शनकारीहरूले संसद् भवन र सिंहदरवारमा पनि आगजनी गरेका छन् ।