प्रतिनिधि सभा विघटन हुने भएपछि सुशीला कार्की प्रधानमन्त्री

टुरिजमफेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रतिनिधि सभा विघटन गर्न तयार भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुने भएकी छन् । उनको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार पहिला प्रतिनिधि सभा विघटन हुनेछ भने त्यसपछि कार्कीले प्रधानमन्त्रीको सपथग्रहण हुनेछ । परिवर्तनकारी जेनजी समूहले सहमति नभए शितलनिवास घेर्ने चेतावनी दिएपछि पौडेलले प्रमुख दलका शीर्ष नेताहरुलाई आफूले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको र त्यसलगत्तै कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको जानकारी गराएका छन् ।