एनआइसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त
टुरिजमफेस
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका रामकृष्ण खतिवडा एनआइसी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैंठकले आगामी ४ वर्षको लागि उनलार्ई नियुक्त गरेको हो ।
चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गरेका खतिवडासँग पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशक भन्दा लामो व्यवसायिक अनुभव छ ।
यसअघि उनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक, प्रमुख कार्यकारी अधिकृत, विद्युत नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी ईन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीयल)को फाइनान्सियल एनालिष्ट तथा सहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायतका विभिन्न संस्थामा उच्च पदमा रहेर काम गरिसकेका छन् ।
