उद्योग मन्त्रीमा दीपक साह नियुक्त, लिए शपथ
काठमाडौं,— नवनियुक्त उद्योग मन्त्री दीपक साहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार साँझ आयोजित समारोहमा राष्ट्रपति समक्ष साहले शपथ लिएका हुन्।
प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति कार्यालयले साहलाई उद्योग मन्त्रीमा नियुक्त गरेको थियो। साह सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
यसअघि उद्योग मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएकी गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि साहलाई नयाँ उद्योग मन्त्री बनाइएको हो।
