पहिरोका कारण बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली क्षेत्रमा पहिरो खसेपछि बिपी राजमार्गमा यातायात सेवा ठप्प भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा समेत पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
लगातार वर्षा भइरहेकाले तत्काल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन कठिनाइ हुने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभयो ।
उहाँले राजमार्गको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । वर्षा नरोकिएसम्म सडक खुलाउन थप समय लाग्न सक्ने जनाइएको छ ।
– रासस
