त्रिभुवन विमानस्थल नजिकै सौर्य एयरलाइन्सको विमान दुर्घटना
काठमाडौं । त्रिभुवन विमानस्थलनजिकै सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । बुधबार करीब ११ बजे पोखराका लागि रनवेबाट उड्ने क्रममा जहाज दुर्घटनामा परेको विमानस्थलका कर्मचारीले बताएका छन् ।
उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।