नेपाल आउने पर्यटकमा एक तिहाई भारतीय
Tourist
टुरिजमफेस
काठमाडौं । नेपाल आउने भारतीय पर्यटकको संख्या बढ्दो छ । सन् २०२४ को जुलाईमा ६४ हजार ५ सय ९९ पर्यटक नेपाल आउँदा भारतीयको संख्या २१ हजार ४ सय ९१ रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । त्यस महिना भारतपछि धेरै पर्यटक अमेरिकाबाट ७ हजार ८ सय ६४, चीनबाट ६ हजार ८ सय १९ र बेलायतबाट ३ हजार ८ सय ६ पर्यटक नेपाल आएका छन् ।

त्यस्तै बंगलादेशबाट ३ हजार ४ सय ७०, अस्ट्रिेलियाबाट १ हजार ९ सय १, दक्षिण कोरियाबाट १ हजार ५ सय ३७, भुटानबाट १ हजार २ सय ७, मलेसियाबाट १ हजार १ सय २५ र जापानबाट १ हजार १ सय १४ पर्यटक नेपाल घुम्नलाई आएको बोर्डले जनाएको छ । सन् २०२३ को जुलाई महिनामा कुल ५७ हजार ७ सय २६ पर्यटक नेपाल आएका थिए । सन् २०१९ को जुलाईपछि यसपटक नेपाल आएको पर्यटकको संख्या सर्वाधिक हो । सन् २०१९ को जुलाईमा ७० हजार ९ सय १६ पर्यटक नेपाल आएका थिए ।
Tourist
