जैविक कृषि पर्यटनका लागि जलवायु परिवर्तनसँग जुध्न पर्यटन व्यावसायीलाई प्रशिक्षण
काठमाडौँ । शेर्पा पर्यटन व्यवसायी सङ्घ नेपालले आयोजना गरेको पर्यटन व्यवसाय सम्बन्धी प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रम ज्ञान वृद्धि र दिगो पर्यटन अभ्यासलाई प्रवर्द्धन गर्नमा केन्द्रित रहेको थियो।
संघका अध्यक्ष तथा जैविक कृषि पर्यटन विकास अवधारणाका विज्ञ, पेमा शेर्पा संगमले जैविक कृषि पर्यटन, प्रभावकारी व्यावसायिक रणनीतिहरू र तीव्र रूपमा परिवर्तन भइरहेको विश्वव्यापी पर्यटन परिदृश्यको चुनौतीहरू सामना गर्नका लागि नवीन दृष्टिकोणहरूबारे प्रशिक्षण दिएका थिए ।
ग्लोबल वार्मिङका मुद्दाहरू र शेर्पा समुदाय तथा पर्यटन व्यवसायीहरूमा यसले पार्ने प्रभावबारे पनि प्रशिक्षणमा चर्चा भएको थियो । प्रशिक्षणमा ८० जना पर्यटन व्यवसायीहरु सहभागी भएका थिए ।
