आँबुखैरैनी बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो
टुरिजमफेस
काठमाडौं ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित भएको भारतीय बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । पोखराबाट काठमाडौंतर्फ आइरहेको बस पृथ्वीराजमार्गबाट मस्र्याङ्दी नदीमा खसेको थियो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार घटनास्थल र उपचारको क्रममा गरेर उनीहरूको मृत्यु भएको हो ।

त्यसैगरी घटनामा १६ जना घाइते भएका छन् । घाइते सबैलाई नेपाली सेनाको एमआई १७ हेलिकप्टरमा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । दुर्घटनामा परेको बसमा ४३ जनै भारतीय रहेको खुलेको छ ।
