आँबुखैरेनी दुर्घटनामा मृत्यु भएकाको शव भारत लगियो
टुरिजमफेस
काठमाडौं । तनहुँको आँबुखैरेनी बस दुर्घटनामा ज्यान गुमाएका २७ भारतीयको शव भारत लगिएको छ । दुर्घटनामा मुत्यु भएका २५ जनाको शव भारतीय सेनाको जहाजबाट तथा चालक र सहचालकको शव एम्बुलेन्सबाट भारत लगिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । शुक्रबार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका थिए ।
घाइतेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेलाई भेट्न शनिबार भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेले काठमाडौं आएकी थिइन् ।
