अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा अलपत्र
टुरिजमफेस
काठमाडौं । चोरीको बाटो हुँदै संयुक्त राज्य अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा अलपत्र परेका छन् । ब्राजिलको साउपाउलो विमानस्थलमा ती नेपालीसहित करिब ७०० विदेशीहरू अलपत्र परेको र उनीहरूको अवस्था दयनीय रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । मानव तस्करहरूको समूहले प्रलोभन देखाएर ती युवाहरूलाई त्यहाँ पु¥याएको हो । ब्राजिलस्थित नेपाली राजदूतावासका अनुसार अलपत्र परेका नेपालीहरू सकुशल छन् भने उनीहरूलाई आवश्यकता अनुसार मानवीय सहायता पु¥याउने प्रयास भइरहेको छ । ठूलो धनराशी खर्च गरेर ती युवा ब्राजिल पुगेका हुन् । केही समययता चोरीको बाटो हुँदै नेपालबाट अमेरिका जान खोज्ने क्रम बढेको छ । तीमध्ये कतिपय अमेरिका जान सफल हुने गरेका छन् भने कतिपय बीच बाटोबाट फर्काइने गरेका छन् । ब्राजिलमा अलपत्र परेकालाई कसरी नेपाल फर्काउने भन्नेबारेमा अधिकारीहरूले केही पनि बताएका छैनन् ।
