रोहित र एरिका उत्कृष्ट वर्ष खेलाडी

टुरिजमफेस
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल तथा करातेकी एरिका गुरुङ उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत पौडेल र गुरुङले उक्त सम्मान प्राप्त गरेका हुन् । उनीहरूले पल्सर एनएस २०० मोटर बाइक जितेका छन् । रोहित हाल क्यानडामा रहेकाले उनको अवार्ड भने आमा र दाइले थापेका थिए ।
सोही कार्यक्रममा विभिँन्न विधामा खेलाडी र प्रशिक्षकलाई पनि पुरस्कार प्रदान गरिएको छ । अन्य विधाका विजेतालाई भने जनही एक लाख रूपैयाँ र गिफ्ट ह्याम्पर प्राप्त गरियो । यसरी पुरस्कार पाउनेमा पिपुल्स च्वाइस अवार्डमा कविता भट्ट (भलिबल), लाइफटाइम एचिभमेन्ट अवार्डमा विनयराज पाण्डे (क्रिकेट), पारा एथलिट अवार्डमा पलेसा गोबर्धन (पारातेक्वान्दो), उत्कृष्ट प्रशिक्षकमा कुशल श्रेष्ठ (कराते), उत्कृष्ट युवा खेलाडीमा हेमन्त पाल (भारोत्तोलन), स्पेशल अवार्डमा कुमार राई (भलिबल), उत्कृष्ट वर्ष टिममा महिला कबड्डी टोली रहेको छ भने एसियन स्पोर्टस जर्नलिस्टको अवार्ड हि डोङ जोङ (दक्षिण कोरिया) ले प्राप्त गरे ।