दुई दिनको बाढीपहिरोमा मृतकको संख्या २३९ पुग्यो, भत्किएका राजमार्गको अवस्था के छ ?
काठमाडौं । यहि असोज ११ र १२ गते आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ ।
१८ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढीपहिरोमा परी १७८ जना घाइते भएका छन् ।
हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।
यही असोज १२ गते आएको बाढीपहिरोले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका साथै काभ्रे, धादिङ लगायत बागमती प्रदेशमा ठूलो क्षति भएको छ ।
बाढी पहिरोपछि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ भने भने पृथ्वी राजमार्ग, महेन्द्र राजमार्ग, अरनीको राजमार्ग लगायतका मुख्य सडकहरु पहिरो पन्छाएर आंशिक रुपमा सञ्चालनमा आएपनि कतै पुन: सडक भासीएर अवरुद्ध भएका छन् ।
