पर्यटन कृषि तथा व्यापारिक महोत्सवको तयारीमा युवा, कात्तिक ९ गतेदेखि मेला सुरु
Allahabad, India - February 9, 2013: Crowd at Kumbh Mela festival, the world's largest religious gathering, in Allahabad, Uttar Pradesh, India.
राजविराज (सप्तरी), सांस्कृतिक पर्यटन, कृषि तथा व्यापारिक महोत्सवअन्तर्गत ‘राजविराज महोत्सव’ को तयारीमा यहाँका युवा जुटेका छन् ।
राजविराज नगरपालिकाको सहकार्य र सप्तरी युथ क्लबको विशेष सहयोगमा यही कात्तिक ९ गतेदेखि २६ गतेसम्म मेला सञ्चालन हुनेछ ।
ड्रिम नेपाल युवा सङ्घको आयोजनामा राजविराजस्थित राजरङ्शाला (खेलमैदान) मा हुने राजविराज महोत्सवको तयारी तीव्र गतिमा भइरहेको सङ्घका अध्यक्ष कमलकिशोर साहले जानकारी दिए ।
“यहाँका युवाको सक्रियतामा जिल्लाको पहिचानसँगै सांस्कृतिक पर्यटन र कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागेका छौँ”, उनले भने, “मेलाको तयारी भइरहेकाले स्थानीय तथा सरोकार भएका सबैको साथ र सहयोग आवश्यक पर्दछ ।”
तिहारमा विभिन्न ठाउँबाट आफनो गाउँघर आएका युवा, विद्यार्थी र नगरवासी सहयोगमा सप्तरीको पहिचानलाई उजागर गर्ने उद्देश्यले राजविराज महोत्सव सांस्कृतिक मेलाको आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष साहले बताए ।
मेलाका लागि अहिले राजरङ्शालामा बाँसबाट घेराबेरा गर्ने, सरसफाइ तथा स्टल निर्माणलगायत काम भइरहेको युवा मुस्तकिम आलमले बताए । मेलामा ६० स्टल राखिने आयोजकले जनाएको छ ।
स्थानीय कला, संस्कृति, परम्परा तथा युवाको सक्रियतालाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको आलमले बताए । युवाको सहभागितालाई प्रोत्साहन गर्ने, समाजमा सकारात्मक परिवर्तन ल्याउने गरी युवा पुस्तालाई सक्रिय नाइएको आयोजकको भनाइ छ ।
यसैबीच, यही कात्तिक ९ गतेदेखि राजविराजमा हुने ‘राजविराज महोत्सव–२०८१’ मा विभिन्न सङ्घसङ्गठनले समर्थन जनाएका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै महोत्सव सफल पार्न सरोकार भएकालाई आग्रहसमेत गरिएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालका जिल्ला इन्चार्ज चितरञ्जन यादव, अनेरास्ववियु अध्यक्ष रञ्जीवकुमार साह, नेपाल तरूण दल सप्तरीका अध्यक्ष अर्जुन यादव, नेपाल विद्यार्थी सङ्घ सप्तरीका अध्यक्ष राकेश ठाकुर र अखिल क्रान्तिकारी सप्तरीका अध्यक्ष कौशल साह, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन सचिव सुनिल मण्डल र विद्यार्थी जनमत सङ्घका अध्यक्ष रामभजन मण्डलले संयुक्त प्रेस विज्ञप्ति जारी गरी महोत्वस सफल बनाउन सहयोगका लागि आह्वान गरेका छन् । रासस
Allahabad, India - February 9, 2013: Crowd at Kumbh Mela festival, the world's largest religious gathering, in Allahabad, Uttar Pradesh, India.
