थाइ एयर एसियाको बैंकक–भैरहवा उडान सुरु, कति छ भाडा ?

टुरिजमफेस
काठमाडौं । थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान आइतबारबाट सुरु गरेको छ । थाइले बैंककबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानसस्थलमा उडान गरेको हो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाइले भैरहवाबाट साताको २ दिन सोमबार र विहीबार बैंकक उडान गर्नेछ । जहाज आइतवार बिहान ७ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो ।
विमानमा यात्रु भने थिएनन् । चालक दलका ७ सदस्य मात्रै रहेको तिवारीले बताए । भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रूपैयाँ छ ।
सरकारले गौतमबुद्ध विमानस्थलमा उडानका लागि विभिन्न हवाई कम्पनीहरूलाई आग्रह गर्दै आएको छ । निर्माण सम्पन्न भएको लामो समय बित्दा पनि भैरहवामा अन्तर्राष्ट्रिय उडान हुन नसकेको बेला थाइले उडान थालेको हो ।