युएसएडका कर्मचारीलाई बिदा गर्न बाटो खुल्यो

USAID
टुरिजमफेस
काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी युएसएडका कर्मचारीलाई बिदा गर्न बाटो खुलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई युएसएडका कर्मचारीलाई बिदा गर्न त्यहाँको अदालतले अनुमति दिएको हो । वाशिङटनका अमेरिकी जिल्ला न्यायाधीश कार्ल निकोल्सले मुद्दाको सुरुवातमा लागू गरिएको अस्थायी रोक आदेश खारेज गरे । उनले बिदामा रहेका कर्मचारीहरूलाई सुरक्षा सुनिश्चित गर्ने प्रशासनको दाबीबाट सन्तुष्ट भएको पनि बताएका छन् ।
निकोल्सलाई राष्ट्रपति ट्रम्पले नै पहिलो कार्यकालमा नियुक्त गरेका थिए । यससँगै कर्मचारी युनियनहरूले भने थप निराश भएका छन् । ‘हामी आजको निर्णयबाट निराश छौं र युएसएडका कामदारहरूले भोगिरहेका क्षति वास्तविक छ । हामी विश्वस्त छौं कि अदालतहरूले युएसएडलाई समाप्त गर्ने प्रयासलाई कानूनी रूपमा अस्वीकृत गर्नेछन्,’ डेमोक्रेसी फर्वार्डका अध्यक्ष स्काइ पेरिम्यानले एक विज्ञप्तिमा भनेका छन् ।
ट्रम्पले आफ्नो पहिलो दिनमै सबै विदेशी सहायता ९० दिनका लागि रोक्न आदेश दिएका थिए । सोही अनुसार युएसएडका १० हजार बढी कर्मचारीलाई बिदा गर्न लागिएको हो । एजेन्सीको सहयोगमा
USAID