नेपालगञ्ज म्याराथन र वन स्टेप फाउन्डेसनबीच सहकार्यको सम्झौता

टुरिजमफेस
काठमाडौं । नेपालगञ्ज म्याराथन र वन स्टेप फाउन्डेसबीच सहकार्यका लागि सम्झौता भएको छ । यी संस्थाबीच किशोरी खेलाडीलाई दौडमार्फत मूलधारमा ल्याउने सम्बन्धमा सम्झौता भएको हो । आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत सशक्तीकरण गराउन दुई संस्थाबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा वन स्टेप फाउन्डेसनका बालकृष्ण जोशी र नेपालगञ्ज म्याराथनका टीएस ठकुरीले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै वन स्टेप फाउन्डेसनले नेपालगञ्ज म्याराथनमा तीन सय जना किशोरीको दर्ता गरेर सघाउनेछ । अमेरिकामा स्थापित वन स्टेप फाउन्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुदका साथै सामाजिक काम गर्दछ ।
सम्झौताअनुसार वन स्टेप फाउन्डेसनले नेपालगञ्जका सेरोफेरोमा अवस्थित विद्यालयमा अध्ययनरत तीन सय जना किशोरीको दर्ता शुल्क नेपालगञ्ज म्याराथनलाई प्रदान गर्नेछ । यो सम्झौता सन् २०३० संस्करणसम्मका लागि गरिएको छ । सम्झौताले नेपालगञ्ज म्याराथनको दायरा अझै फराकिलो हुँदै जाने संस्थापक टीएस ठकुरीले बताए ।