दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

टुरिजमफेस
काठमाडौँ । २०८२ को जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले र राखेपका उपाध्यक्ष ध्रुव आचार्यले संयुक्त रूपमा लोगो र मस्कट सार्वजनिक गरे ।
मस्कटमा रेड पाण्डा राखिएको छ भने लोगोमा ७ रङ, चन्द्र र सूर्य राखिएको छ । लोगो र मस्कट विकास तमकुजुले बनाएका हुन् ।