हिमालयन एअरलाइन्सको पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु

टुरिजमफेस
पोखरा । हिमालयन एअरलाइन्सको पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । सोमबार ल्हासाबाट १ सय ७ यात्रु पोखरा अवतरण गरे हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी बनेको पोखरा विमानस्थलले जनाएको छ । ३२ चिनियाँ र ७५ नेपाली नागरिक थिए । उनीहरूलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र नेपालका लागि चिनियाँ राजदूत छेन सङले स्वागत गरे ।
यो जहाज सोमबार पोखरामै बसेर मंगलबार ल्हासाका लागि उड्ने कार्यक्रम रहेको विमानस्थलले जनाएको छ । हिमालयले पोखरा–ल्हासा रुटमा सातामा एक नियमित उडान गर्ने जनाएको छ । यात्रु संख्या बढेसँगै यसलाई विस्तार गरिने कम्पनीको भनाइ छ । पोखरामा यसअघि चार्टर र उडान भइरहेका थिए ।