रवि लामिछाने फर्किए रास्वपाको सभापतिमा

टुरिजमफेस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अध्यक्षमा पुनः रवि लामिछाने फर्किएका छन् । सहकारी ठगी मुद्दामा प्रहरीले पक्राउ गरेपछि उनले डीपी अर्याललाई कार्यबाहक सभापतिको जिम्मा दिएका थिए ।
पार्टी केन्द्रीय समितिको बैठकमा लामिछानेले नै बैठकको सभापतित्व गरे ।