संसद्को हिउँदे अधिवेशन अन्त्य
टुरिजमफेस
काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्यका लागि सरकारले यर्ही राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले संसद्को चालु हिउँदे अधिवेशन चैत १९ राति १२ बजेदेखि अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।
संसद्को चालु अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको थियो ।