रवीन्द्र र धवलसहित २० जनाविरुद्ध म्याद थप

टुरिजमफेस
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २० जनालाई थुनामा राख्न १५ दिनको म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतले प्रहरीलाई हिरासतमा राख्न अनुमति दिएको हो ।
उनीहरूविरुद्ध प्रहरीले राज्यविरुद्ध कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । राजावादी समूहको प्रदर्शनको क्रममा चैत १५ गते भएको झडपमा दुई जनाको ज्यान जानुको साथै २० जनालाई गोली लागेको थियो । तीनकुनेमा भएको प्रदर्शनमा हिंसा गरेको भन्दै प्रहरीले अहिलेसम्म ७५ जनालाई पक्राउ गरेको छ ।