अभियोगबिना छाडियो राप्रप्राका अध्यक्ष लिङ्देनसहित सातै जना

rpp
टुरिजमफेस
काठमाडौं । प्रहरीले पक्राउ गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित सातै जनालाई कुनै अभियोग नलगाई रिहा गरेको छ । निषेधित क्षेत्रमा प्रवेश गर्ने भन्दै राप्रपाले आयोजना गरेको प्रदर्शनको क्रममा आइतबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा लिङ्देनसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कैलाश कटवाल थिए । जिल्ला प्रहरी परिसर भद्रकाली पु¥याइएका सातै जनालाई कुनै अभियोग नलगाएर छाडिएको परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए । उनीहरू करिब ५ घण्टा प्रहरी परिसरमा रहेका थिए ।
पक्राउ पर्नुअघि उनीहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए । चैत १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा भने प्रहरी हिरासतमै छन् ।
rpp