शिक्षकका माग सम्बोधन गर्न असफल भएपछि शिक्षामन्त्रीद्वारा राजीनामा

टुरिजमफेस
काठमाडौं । आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न असफल भएपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक नहुँदा शिक्षामन्त्रीले राजीनामा दिनु परेको स्रोतको भनाइ छ ।
यद्यपि उनले राजीनामा पत्रमा भने स्वास्थ्यको कारण उल्लेख गरेकी छन् । उनले प्रधानमन्त्री ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू भने चैत २० गतेदेखि लगातार सडक आन्दोलनमा छन् ।