कक्षा १२ को परीक्षा १० दिन पछि, वैशाख २१ गतेदेखि

टुरिजमफेस
काठमाडौं । कक्षा १२ को परीक्षा तोकिएको समयभन्दा १० दिन पछि सारिएको छ । वैशाख ११ देखि हुने भनिएको परीक्षा वैशाख २१ गतेबाट हुने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएपछि बोर्डले उक्त निर्णय गरेको हो । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको हो । शिक्षा ऐनको माग गर्दै शिक्षकहरू आन्दोलनमा छन् । शिक्षकका माग सम्बोधनको विषयलाई लिएर शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।