भारतको जम्मुकश्मिरमा पर्यटक लक्षित आक्रमण, नेपालीसहित कम्तीमा २७ को हत्या

टुरिजमफेस
काठमाडौं । भारतको जम्मुकश्मिरस्थित पहलगाममा भएको पर्यटकलक्षित आतंककारीगरेको आक्रमणमा नेपालीसहित कम्तीमा २७ को हत्या भएको छ । दैनिक भाष्करका अनुसार पर्यटक लक्षित आक्रमणमा एक नेपालीसहित अन्य पर्यटकहरूको हत्या भएको हो । स्थानीय प्रहरीले मृतक नेपालीको नाम सन्दिप न्यौपाने रहेको उल्लेख गरेको छ ।
सबै मृतकको परिचय खुल्न बाँकी रहेकाले अन्य नेपाली भए÷नभएको यकिन भइसकेको छैन । नेपालको सरकारी निकायले अहिलेसम्म कुनै विवरण सार्वजनिक गरेको छैन ।
उक्त स्थान निकै सुन्दर भएकाले पर्यटकहरूको घुइँचो लाग्ने गर्छ । प्रहरीले आतंकवादीहरूले पिर्यटकहरूलाई नयन्त्रणमा लिएर नाम सोधी–सोधी गोली हानेर मारेको दावी गरेका छन् । यसअघि पनि सन् २०१९ को फेब्रुअरीमा जम्मुकश्मिरकै पुलवामा भएको आतकंकारी आक्रमणमा ४० भारतीय सैनिक मारिएका थिए । भारत नियन्त्रित जम्मुकश्मिरमा हत्या, हिंसा हुँदै आएको छ ।