निजामती कर्मचारीको अवकाश हुने उमेरहदमा वृद्धि

टुरिजमफेस
काठमाडौं । निजामती कर्मचारीहरूको अनिवार्य अवकाश हुने उमेर हद ६० वर्ष बनाइएको छ । अन्तिम अवस्थामा पुगेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनमा कर्मचारीहरूको अनिवार्य अवकाश उमेर हद चरणबद्ध रूपमा बढाउन सहमति जुटेको हो ।
अहिले निजामती कर्मचारीहरूको उमेर हद ५८ वर्ष रहेकोमा संघीय निजामती सेवा ऐन प्रारम्भ भएको मितिले ६ महिनासम्म ५८ वर्ष ६ महिना, त्यसपछि एक वर्षसम्म ५९ वर्ष छ महिना र त्यसपछिको छ महिनासम्म ६० वर्ष हुने भएको हो । सरकारले विधेयकमा ५८ वर्षबाट सिधै ६० वर्षे उमेर हद प्रस्ताव गरे पनि उपसमितिले छलफल गरी चरणबद्ध रूपमा उमेर हद बढ्दै जाने विषयमा सहमति जुटेको हो ।