शिक्षक–प्रहरी झडप

टुरिजमफेस
काठमाडौं । जारी आन्दोलनमा प्रहरी र शिक्षकबीच आइतवार झडप भएको छ । माइतीघर हुँदै बानेश्वरतर्फ अघि बढेका शिक्षकहरूलाई प्रहरीले रोक्न खोज्दा र प्रहरी अघि बढेपछि झडप हुन पुगेको हो ।
शिक्षक नरोकिएपछि प्रहरीले पानीको फोहरा हानेको प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । गत चैत २० गतेदेखि शिक्षक आन्दोलन जारी छ ।