शिक्षा ऐन जारी नभएसम्म आन्दोलन रोकिँदैनः अध्यक्ष सुवेदी

टुरिजमफेस
काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा ऐन जारी नभएसम्म जारी आन्दोलन नरोकिने बताएका छन् । उनले सत्तामा बस्नेहरू थाकेर भाग्न सक्ने तर आन्दोलनमा उत्रिएका शिक्षक, कर्मचारी माग पूरा नभई आन्दोलनबाट नभाग्ने बताए ।
यद्यपि विरोधीहरूले अनेक बहाना गरेर शिक्षक आन्दोलन बदनाम गराउन अनेक कुप्रचार गरिरहेकाले सतर्क रहन शिक्षकहरूलाई उनले आग्रह गरे । शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत्र २० गतेदेखि काठमाडौँमा जारी आन्दोलनको २७ औँ दिनलाई सोमबार सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।