अमेरिकाले भारत र पाकिस्तानलाई भन्यो–युद्ध, सेना र हिंसा समाधान होइनन्

टुरिजमफेस
काठमाडौं । अमेरिकाले भारत र पाकिस्तानलाई हिंसा र आक्रमण बन्द गर्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले अमेरिकी धारणा सार्वजनिक गर्दै दुवै देशलाई एक, अर्काविरुद्धको आक्रमण रोक्न आग्रह गरेकी हुन् ।
उनले अमेरिका हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै युद्धबाट कुनै पनि समाधान निस्कँदैन भन्ने कुरा मध्य पूर्वबाट प्रमाणित भइसकेको बताइन् । ‘युद्ध, सेना र हिंसा समाधान हुनै सक्दैनन्,’ उनले भनिन्, ‘नयाँ विचार र कूटनीति नै हिंसा र समस्या रोक्ने एक मात्र समाधान हो ।’