खेलकुद पत्रकार मञ्चमा नयाँ नेतृत्व

टुरिजमफेस
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा नयाँ नेतृत्व चयन भएको छ । २० औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । जसअनुसार अध्यक्षमा निरञ्जन अधिकारी, महासचिवमा अञ्जन खड्का र सचिवमा अनिल मल्ल ठकुरी निर्वाचित भएका छन् ।
अध्यक्ष, महासचिव, सचिव र सदस्य पदमा निर्वाचन भएको थियो । अधिकारीले प्रकाश तिमल्सिनालाई, खड्काले राजु घिसिङलाई र ठकुरीले गोविन्दराज नेपाललाई हराए । प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षद्वयमा सन्जिव सिल्पकार र गोविन्द रेग्मी निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा मुना कार्की र महिला सदस्यमा नमिता दाहाल निर्विरोध चुनिए ।
तीन सदस्य पदका लागि ५ सदस्य प्रत्याशी थिए । त्यसमा रमेश सुवेदी, कविरस शर्मा र अभिनव जोशी विजयी भएका छन् । भूपेश उपाध्याय र विनयज्योति सापकोटा पराजित भए । उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, हानका उपाध्यक्ष युवराज श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली खेलकुद पत्रकारितामा मञ्चको भूमिका विशेष रहेको धारणा राखेका थिए ।