युद्धविरामपछि भारत–पाकिस्तानबीच सैन्य वार्ता, गोली नचलाउने सहमति

टुरिजमफेस
काठमाडौँ । युद्धविरामपछि भारत र पाकिस्तानका सैन्य अधिकारीबीच वार्ता भएको छ । वार्तामा दुवै देशका सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ) सहभागी थिए ।
भारतीय सेनाका स्रोतहरूले वार्तामा दुवै पक्षले गोली नचलाउने र सीमा क्षेत्रबाट दुवै देशका सैनिक संख्या घटाउन तत्काल कदम चाल्ने सहमति भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ । भारतीय सेनाका डिजिएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले पत्रकार सम्मेलनमा पाकिस्तानी वायुसेनाले भारतको बहुस्तरीय रक्षा क्षेत्रमा प्रवेश गर्ने र भारतीय हवाई क्षेत्र वा रसद प्रतिष्ठानहरूलाई लक्ष्य गर्ने कुनै सम्भावना नरहेको बताए ।