भारतको आक्रमणमा परी ११ सैनिक मारिएः पाकिस्तानी सेना

टुरिजमफेस
इस्लामावाद । भारतसँग भएको झडपमा ११ जना सैनिक मारिएको पाकिस्तानी सेनाले जनाएको छ । इन्टर–सर्भिसेज पब्लिक रिलेशन्स (आइ्एसपीआर) ले भारतीय सेनाको आक्रमणबाट मृत्यु हुनेमा एक स्क्वाड्रन लिडरसहित पाँच वायु सेना र ६ अन्य सैनिक रहेको बताएको छ ।
यी सबैको मृत्यु मे १० को भारतीय आक्रमणमा भएको हो । त्यस्तै ६ देखि ७ मेको रातिको आक्रमणमा सात महिला र १५ बालबालिकासहित ४० जनाको मृत्यु भएको पाकिस्तानी सेनाले बताएको छ । सोही आक्रमणमा १२१ पाकिस्तानी घाइते भएका थिए । चार दिनको लडाइँपछि भने भारत र पाकिस्तानवीच युद्धविराम भएको छ । एजेन्सीको सहयोगमा