पर्यटन बोर्डमा दुई सदस्य नियुक्त, को हुन् ?

टुरिजमफेस
काठमाडौँ । रिक्त भएको करिब एक महिनापछि सरकारले नेपाल पर्यटन बोर्डमा दुई सदस्य नियुक्त गरेको छ । रिक्त सदस्य पदमा कसले नियुक्ति पाउने भन्ने विषयमा सत्तारुढ दलभित्रै रस्साकस्सी चलेपछि नियुक्ति प्रक्रिया लम्बिएको थियो ।
अन्नततः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्डको सदस्यमा कुमारमणि थपलिया र नरेन्द्र भट्टलाई सदस्य नियुक्त गरेको हो । थपलिया नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष हुन् । त्यस्तै भट्ट प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव हुन् ।
सदस्य नियुक्तिका लागि माथिल्लो तहका नेताहरूको चासो र समर्थन थियो । बोर्डका उपाध्यमा भने यसअघि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले रामप्रसाद सापकोटालाई नियुक्त गरिसकेको छ । बोर्डको मुख्य काम नेपालको पर्यटन क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु हो ।