मन्त्रिपरिषद्ले गर्यो बजेट स्वीकृत, हवाई टिकटमा लगाइएको भ्याट हट्न सक्ने

मन्त्रिपरिषद् बैठक
टुुरिजमफेस
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान स्वीकृत गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

केही बेरमै संघीय संसद्को संयुक्त सदनको बैठकमा अर्थमन्त्रीले करिब २० खर्ब रूपैयाँको बजेट पेश गर्दैछन् । बजेटले हवाई टिकटमा लगाइएको भ्याट हट्न सक्ने स्रोतहरूले दावी गरेका छन् । पर्यटन व्यवसायीले हवाई टिकटमा लगाइएको भ्याट हटाउन माग गर्दै आएका छन् ।
मन्त्रिपरिषद् बैठक