कर्मचारी हेरेका हेर्यै, बढेन तलब

बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेल
टुरिजमफेस
काठमाडौं । देशको अर्थतन्त्र सबल नहुँदानहुँदै पनि तलब बढाउन निरन्तर दबाब दिइरहेका कर्मचारीको यस वर्ष सरकारले तबल बढाएन । कर्मचारीहरूले भने दुई वर्षदेखि तलब नबढेको भन्दै तलब बढाउन दबाब दिइरहेका थिए । सरकारले कर्मचारीका लागि महँगी भत्ता ५ हजार बढाएर सान्तवना दिन खोजेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले स्रोतको अभावका कारण तलब वृद्धि गर्न नसकेको बताए । ‘राष्ट्रसेवक कर्मचारीको सेवा सुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भएता पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षा अनुरुप तलब बृद्धि गर्न सम्भव भएन’, पौडेलले भने ।
बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेल