बजेटबाट ‘टेक एन्ड पे’ नसच्याए पावरहाउस बन्द गर्छौंः ऊर्जा प्रवर्द्धक

टुरिजमफेस
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा ल्याइएको विद्युत् खरिदबिक्रीका लागि ‘टेक एन्ड पे’को व्यवस्था हटाउन ऊर्जा प्रवद्र्धकले माग गरेका छन् । उनीहरूले यस्तो व्यवस्था नहटाए पावर हाउस बन्द गर्ने चेतावनी समेत दिएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले बिहीबार आयोजना गरेको छलफलमा बोल्दै व्यवसायीले बजेटमा आएको ‘टेक एन्ड पे’ व्यवस्थाले निजी क्षेत्र धराशायी हुने दावी गरे ।
इप्पानका अध्यक्ष गणेश कार्कीले ‘टेक एन्ड पे’का लागि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र ऊर्जामन्त्रीले समेत जिम्मेवारी नलिएको गुनासो गरे । कार्कीले १७ हजार ११७ बढी मेगावाटका आयोजनामा ६६ अर्ब बढी लगानी भइसकेको बेला सरकारले यस्तो नीति ल्याउनु गलत भएको बताए ।