गोसाईंकुण्डमा स्नान् गर्न गएका दुई जना पर्यटकको कुण्डमा डुबेर मृत्यु

काठमाडौँ । रसुवाको गोसाइँकुण्डमा डुबेका दुई जना युवाको शव भेटिएको छ । स्थानीय र नेपाली सेनाको सहयोगमा कुण्डबाट शव निकालिएको रसुवा प्रहरीले जानकारी दिएको छ ।
आइतबार स्नान गर्ने क्रममा मोरङ बेलबारी घर भएका २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल डुबेर बेपत्ता भएका थिए । उनीहरूको खोजीमा सशस्त्र प्रहरी, सेना र नेपाल प्रहरीका सुरक्षाकर्मीहरू खटिएका थिए । सोमबार बिहान दुवै जना मृत भेटिएका हुन् ।
गहिरो स्थानबाट स्नान गर्न खोज्दा दुवै जना कुण्डमा डुबेको र समयमै उद्दार हुन नसक्दा दुवै जनाको ज्यान गएको बताइएको छ ।
पोस्टमार्टमका लागि मृतकका आफन्तहरूले सिम्रिक एयरको हेलिकप्टरमार्फत शव गोसाइँकुण्डबाट काठमाडौँ ल्याइएको छ ।