मनास्लुबाट दोस्रो शिविर झर्दै गर्दा सिंगापुरका आरोहीको मृत्यु
काठमाडौँ । मनास्लु हिमाल आरोहणका लागि नेपाल आएका सिंगापुरका एक आरोहीको मृत्यु भएको छ।
मृत्यु हुनेमा ५० वर्षीय लाउ वी सेङ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरीका अनुसार उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमालको दोस्रो शिविरबाट आधारशिविरतर्फ फर्किने क्रममा सेङको मृत्यु भएको हो।
सेङ भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका थिए। आरोहण अभियानका क्रममा उनी दोस्रो शिविरसम्म पुगेका थिए।
घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
